सीडीओ दिलकुमार तामाङको पाँचथर चिनाउने गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक – Nepal Press

सीडीओ दिलकुमार तामाङको पाँचथर चिनाउने गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक

काठमाडौं । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक भएको छ । गायक राजेशपायल राईले स्वर दिएको उक्त गीत ‘दिल्स् क्रियशन’ मार्फत् सार्वजनिक भएको हो ।

पूर्वेली लोक लयमा रहेको गीतको संगीतकार तारावीर पाण्डे हुन् । संगीत संयोजन भने आदेश गुर्माछानले गरेका छन् । जस्केला क्रियशनले लिरिकल भिडिओसमेत तयार गरेको छ । भिडिओले पाँचथरको सजिव चित्रण गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङको घर पनि पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर-२ इम्बुङ हो ।

जन्म जिल्ला पाँचथरको प्राकृतिक, सांस्कृतिकलगायतलाई गीत-सङ्गीतमार्फत् उजागर गरेको तामाङले बताए ।

लिरिकल भिडिओमा मध्यपहाडमा नमूना शहरको रूपमा विकासोन्मुख फिदिम, पाँचथर-इलाम सीमा क्षेत्रको लेकाली बजार राँके, राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको समाधीस्थल सिलौटी, धार्मिक महत्वको जोरपोखरी, पर्यटकीय गन्तव्य साधुटार, किरात धर्मावलम्बीहरूको तीर्थस्थल यासोकको त्रिशालीलगायत समावेश छन् ।

केलाङ, धान नाचजस्ता लिम्बू जातिको संस्कृतिलाई उठान गर्दै प्रमुख जिल्ला अधिकारी तथा गीतकार तामाङले सांस्कृतिक पर्यटनलाई बढवा दिन खोजेका छन् ।

खाद्यान्न तथा नगदे बाली क्षेत्रलाई पनि उनले भिडिओमा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर