नेविसंघले राष्ट्रपतिको पुत्ला जलाएकै दिन नागरिकता विधेयक खारेजीको मागसहित अनेरास्ववियुको प्रदर्शन (भिडिओ) – Nepal Press

नेविसंघले राष्ट्रपतिको पुत्ला जलाएकै दिन नागरिकता विधेयक खारेजीको मागसहित अनेरास्ववियुको प्रदर्शन (भिडिओ)

काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो । सो क्रममा उनीहरूले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियारलगायतका नारा लगाएका थिए ।

अहिलेको नागरिकता विधेयकले विदेशीहरूलाई नागरिकता दिने बाटो खुला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ । आजै बिहान नेविसंघले नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ गरेको भन्दै राष्ट्रपति विद्यादेवी भणओ्डारीको पुत्ला जलाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर