सामाजिक सञ्जालबाट जनतासँग सुझाव माग्दै ओली, यस्तो छ भिडिओ सन्देश – Nepal Press

सामाजिक सञ्जालबाट जनतासँग सुझाव माग्दै ओली, यस्तो छ भिडिओ सन्देश

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रविधिमैत्री नेता हुन् । उनी अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा आउने सबैखाले विषयवस्तुहरूप्रति अपडेटेड रहन्छन् ।

ओलीले आगामी चुनावमा सामाजिक सञ्जाललाई उच्चतम प्रयोग गर्ने संकेत गरेका छन् । एउटा भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई विविध विषयमा सल्लाह सुझावहरू दिनका लागि आमजनतालाई अपिल गरेका छन् ।

ओलीले कृषि क्षेत्रमा अघि सार्नुपर्ने नीति तथा योजनाहरूका सम्बन्धमा सुझाव मागेका थिए । त्यसअनुसार आफूलाई धेरै सुझावहरू प्राप्त भएकोमा उनले धन्यवादज्ञापन गरेका छन् । अबका दिनमा अरु क्षेत्रमा पनि आफूले सुझाव माग्ने उनको भनाइ छ ।

फेसबुकमा कमेन्टहरू नियालिरहेको भिडिओ पोष्ट गर्दै ओलीले भनेका छन्, ‘मलाई आफ्ना महत्वपूर्ण विचार र दृष्टिकोणहरु दिएर सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास लिएको छु । हामी सम्पर्क र संवादमा रहिरहनेछौं ।’


प्रतिक्रिया

2 thoughts on “सामाजिक सञ्जालबाट जनतासँग सुझाव माग्दै ओली, यस्तो छ भिडिओ सन्देश

  1. पार्टी जग वडा देखि नै मजबुद बनाउन हुन अनुरोध छ।पार्टी मा भएका बिकृति र बिसंगति हटाउनु पर्यो ।युवा रोजगारि कार्यक्रम ल्याउन अनुरोध छ।सामुदायिक शिक्षा लाइ सर्वसुलभ र भरपर्दो बनाउनु हुन अनुरोध छ।त्यसैगरि कृषि लाइ आधुनिकिकरण ,बजारीकरण को ब्यवस्थापन गर्नुहुन अनुरोध छ।कृषि को मल बिउमा १००%अनुदान दिने कार्यक्रम ल्याउन जरुरि देखिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर