मिटरब्याजी नियन्त्रण सिफारिस कार्यदलले बुझायो प्रतिवेदन, २ हजार २८९ उजुरी दर्ता – Nepal Press

मिटरब्याजी नियन्त्रण सिफारिस कार्यदलले बुझायो प्रतिवेदन, २ हजार २८९ उजुरी दर्ता

काठमाडौं । मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले सोमबार प्रतिवेदन बुझाएको छ । समिति संयोजक भीष्मकुमार भुसालले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएका हुन् । कार्यदलअनुसार मिटरब्याजीविरुद्ध २ हजार २ सय ८९ वटा उजुरी परेका छन् ।

प्रधानमन्त्रीको निर्देशनमा साउन २७ गते कार्यदल बनेको थियो । कार्यदलले भदौ ५ गते मिटरब्याजीविरुद्ध प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना निकालेको थियो । त्यसपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमध्ये ५९ वटाको विवाद समाधान भइसकेको र ७ वटामा अदालतमा मुद्धा दर्ता भएको कार्यदलले जनाएको छ । अन्य ७ वटा उजु्रीमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

कार्यदलका अनुसार एउटै व्यक्तिका विरुद्ध ४ वा सो भन्दा बढी उजुरी परेका आरोपितहरूको संख्या ३३ रहेको र एकै व्यक्तिले २३ जना विरुद्ध मिटरब्याजीको उजुरी दर्ता गरेको देखिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर