लौरोका उम्मेदवारको पार्टी तय, केही ठाउँमा धम्की आएको भन्दै ध्यानाकर्षण – Nepal Press

लौरोका उम्मेदवारको पार्टी तय, केही ठाउँमा धम्की आएको भन्दै ध्यानाकर्षण

काठमाडौं । आसन्न निर्वाचनमा स्वतन्त्रबाट लड्ने तयारीमा रहेका ‘लौरो’ का अभियन्ताले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिने भएका छन् ।

‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ का संयोजक सुमन सायमीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले आफ्नो अभियानलाई सम्पूर्ण अधिकारसहित लौरो चुनाव चिन्ह प्रयोग गर्न दिएकोमा उक्त पार्टीलाई धन्यवाद दिएको छ ।

उम्मेदवारी घोषणा गरेकाहरूलाई केही ठाउँमा लोभ, डर देखाइएको भन्दै लौरो अभियानले आपत्ति जनाएको छ ।

प्रवक्ता हरि कार्कीको हस्ताक्षरमा जारी विज्ञप्तिमा केही जिल्लामा विभिन्न प्रलोभन, डर, त्रास, धम्की दिइएको पाइएको हुँदा यसखाले गतिविधि नगर्न अनुरोधसहित चेतावनी दिइएको छ ।

त्यस्तै वैकल्पिक शक्ति तथा स्वतन्त्र अभियानका अन्य पक्षसँग सहकार्यका लागि सुमन सायमीको नेतृत्वमा वार्ता टोली बनाइएको छ । बैठकले विभिन्न प्रदेशमा प्रदेशस्तरीय कार्यक्रमको संयोजनको जिम्मा पनि दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर