वीरगन्जमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

वीरगन्जमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । पर्साको वीरगन्जमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार बा २ झ ४०२० नम्बरको एम्बुलेन्सले मंगलबार अपरान्ह प्र २-०३-०१२ प ५६०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ७० वर्षीय फजिल देवानको उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक ४० वर्षीय जुमदिन देवानको उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर