झण्डै ६ महिनादेखि स्थिर ब्याजदर पुनर्विचारबारे छलफल गर्दै बैंकर्स संघ – Nepal Press

झण्डै ६ महिनादेखि स्थिर ब्याजदर पुनर्विचारबारे छलफल गर्दै बैंकर्स संघ

काठमाडौं । बैंकको ब्याजदर झण्डै ६ महिनादेखि स्थिर छ । अहिले बैंकहरूले साधारण मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । रेमिटेन्समा १२.०३ प्रतिशत र संस्थागतको अधिकतम ९.३ प्रतिशत ब्याज छ ।

संस्थागतको बयाजदर भने केही समयअघि घटाइएको हो । स्थिर रहेको ब्याजदर बढाउने कि स्थिर राख्ने भन्ने विषयमा बैंकर्स संघले छलफल गर्न कार्य समिति बैठक बोलाएको समितिका एक सदस्यले बताए । असोज महिनाका लागि लागू हुने ब्याज दरका बारेमा निर्णय गर्न बैंकर्स संघले बिहीबार कार्यसमिति बैठक बोलाएको हो । बैंकर्स संघले एक वर्ष अघि देखि सहमतिमा एकै खालको ब्याजदर निर्धारण गर्दै आएका छन् ।

कतिपपले बैंकहरूको ब्याजदर निर्धरणलाई कार्टेलिङको संज्ञा समेत दिएका छन् । खुल्ला बजार अर्थतन्त्रमा ब्याजदर बजारलाई नै निर्धारण गर्न दिनुपर्ने अर्थशास्त्रीय मान्यता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *