अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध उजुरी – Nepal Press

अजय देवगण र सिद्धार्थ मल्होत्राविरुद्ध उजुरी

मुम्बई । अभिनेता अजय देवगन र सिद्धार्थ मल्होत्रा स्टारर फिल्म ‘थ्याङ्क गड’को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरलाई धेरै दर्शकले मन पनि पराइरहेका छन् । ट्रेलरमा राखिएको केही दृश्यका कारण अर्को पक्षले भने उजुरी दिएको छ ।

ट्रोल आर्मी नामक सञ्जाल प्रयोगकर्ता समूहले फिल्म बहिष्कारको माग गरेको छ । उनीहरूले ट्रेलरमा भगवानको अपमान गरिएको दाबी गरेका छन् । यहीबीच अजय, सिद्धार्थ र फिल्मका निर्देशक इन्दर कुमारविरुद्ध मुद्दा दर्ता गरिएको छ । यी तीनजनामाथि धार्मिक भावनामा ठोस पुर्‍याएको आरोप लगाइएको छ । वकिल हिमांशु श्रीवास्तवले उत्तर प्रदेशको जोनपुरको एक अदालतमा मुद्दा दर्ता गराएका छन् । यो मामिलामा हिमांशुको बयान १८ नोभेम्बरमा रेकर्ड गरिएको छ ।

ट्रेलरमा अजय चित्रगुप्त बनेका छन् । जो पाप र पुण्यको हिसाब गर्छन् । ट्रेलरमा उनलाई निकै छोटो कपडामा देखाइएको छ । यही दृश्यमा सामाजिक सञ्जाल प्रयोगकर्ता रिसाएका छन् । उजुरीमा अजयले आपत्तिजनक भाषाको प्रयोग गरिएको दाबी गरिएको छ ।

‘चित्रगुप्त’लाई कर्मको देवता मानिन्छ र उसले मानिसको राम्रो र नराम्रो कर्मको हिसाब गर्छन् । तर ट्रेलरमा देखाइएको चित्रगुप्तले धार्मिक भावनामा चोट पुर्‍याएको जनाइएको छ । यो फिल्म २४ अक्टोबरमा रिलिज हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *