समानुपातिक उम्मेदवारका लागि कांग्रेसले तोक्यो ४ मापदण्ड : ०७४ सालका नदोहोर्‍याउने – Nepal Press

समानुपातिक उम्मेदवारका लागि कांग्रेसले तोक्यो ४ मापदण्ड : ०७४ सालका नदोहोर्‍याउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयनको आधार र मापदण्ड तय गरेको छ । आज बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तय गरिएको मापदण्डअनुसार गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरुले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेदवार बन्न पाउने  छैनन् । त्यस्तै, २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् ।

कांग्रेसले स्थानीय तहबाट सिफारिस, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्‍याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई विशेष ध्यान दिएर उम्मेदवारी टुंगो लगाउने भएको छ ।

त्यस्तै, प्रत्येक क्षेत्रबाट न्युनतम एकजना उम्मेदवारी  उठाउने र संविधानअनुसार समावेशितालाई ध्यानमा राखिने मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर