प्रचण्ड भन्छन्: आर्थिक क्रान्तिको नेतृत्व मैलेमात्र गर्न सक्छु (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन आर्थिक क्रान्तिका लागि हुने बताएका छन् ।
पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनमा बोल्दै उनले राजनीतिक सुधारका केही कामबाहेक राजनीतिक क्रान्ति सकिएकाले अब आर्थिक क्रान्ति गर्नुपर्ने बताएका हुन् । त्यसैका लागि आफ्नो बाँकी जीवन बिताउने उनले बताए ।
‘राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रतिर, सामाजिक न्याय र विकासतिर आत्मनिर्भरतातिर जान मैले अब गर्ने क्रान्ति भनेको आर्थिक रुपान्तरण र समृद्धि नै हो’, उनले भने, ‘बाँकी जीवन बिताउने भनेको त्यसैका लागि हो ।’
यसका लागि आफूले केही मिसन र भिजन तयार पारेको उनले बताए । ‘मैले केही मिसन र केही भिजन तयार पारेको छु । अब देशलाई आर्थिक समृद्धितिर र भ्रष्टाचार तथा कुशासनको अन्त्यतिर राजनीतिक सुधारको अभियान सुरु गर्नुछ’, प्रचण्डले भने ।
राजनीतिक परिवर्तन ल्याउन क्रान्ति गरेकाले आर्थिक क्रान्तिको नेतृत्व पनि आफूले मात्र गर्नसक्ने उनको दाबी थियो ।
आफू बन्ने आर्थिक क्रान्ति कि कसो दामरेड ? पैसा कमाउने विदेश लैजाने अनि विदेशी लगानीको नाममा नेपाल ल्याएर मोज गर्ने ।
दलाली गरेर खाने राम्रै मौका पाउने भयोै । बधाई छ ।
सही कुरा हो प्रचण्डको, हिजो कथित युद्धकाल (आतंककाल) मा बैंक लुट्ने र जनता लुट्ने , नलुटिनेलाई मार्ने अब्बल अनुभव त छँदैछ, देशै लुट्ने अभियान पनि चलाईरहेको छु, यस्तो अनुभव अरु कोही माईका लालसँग छ ? – प्रचण्ड