भारतको अग्निपथ भर्तीबारे नेपालबाट तत्काल कुनै निर्णय लिने सम्भावना छैन : परराष्ट्र मन्त्रालय


काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ ।
बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् । अहिले सरकार पूर्णरुपमा निर्वाचनको तयारीमा लागेकाले र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ । उनले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिइन् ।
प्रवक्ता लम्सालले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानविय हिसावले नेपालले सक्ने सहयोग गरेको र आागमी दिनमा सहयोग आदान प्रदान हुने बताइन् ।