सञ्चारमन्त्री कार्कीको दाबी- सिट बाँडफाँटमा ८० प्रतिशत सहमित भइसक्यो (भिडिओ)
नेपाल प्रेस
२०७९ भदौ ३१ गते १७:३३
काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सिट बाँडफाँटको विषयमा दलहरुबीच करिब ८० प्रतिशत सहमति भइसकेको दाबी गरेका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले अन्य विषयमा पनि सहमति भइ निर्वाचनमा जाने दाबी गरे । राजनीतिक स्थीरता नदिइ, देशको विकास हुन नसक्ने भएकाले पनि गठबन्धनले मुलुकलाई अघि बढाउने उनले बताए । सिट बाँडफाँट न्यायोचित र सम्मानजनक ढंगले गर्नुपर्ने भएकाले समय लाग्नु स्वभाविक भएको उनको भनाई छ ।
त्यस्तै, कार्कीले मुलुकको समृद्धिका लागि सबै गम्भीर भएर अघि बढ्नुपर्ने पनि बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर