रविको पार्टीमा समानुपातिकका लागि निर्वाचन, मतकै आधार नम्बरिङ हुँदै – Nepal Press

रविको पार्टीमा समानुपातिकका लागि निर्वाचन, मतकै आधार नम्बरिङ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकको बन्द सूचीका लागि आज बिहान ७ बजेदेखि निर्वाचन गराइरहेको छ । जुनसुकै ठाउँबाट रास्वपाको एपबाट भोट गर्न सकिने व्यवस्था छ भने राति १२ बजेसम्म भोटिङ खुल्ला रहने केन्द्रीय सदस्य गणेश कार्कीले बताए ।

कार्कीका अनुसार प्रारम्भिक निर्वाचनमा प्राप्त भोट अनुसार आसन्न निर्वाचनमा समानुपातिक सूचि बन्ने र मत परिणामअनुसार नै को कति नम्बरको सूचीमा पर्ने भनेर पनि निर्धारण हुनेछ ।

समानुपातिक सूचिमा ललितपुर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका अरनिको पाँडेदेखि आसिम शाह, एसिड सर्भाइभर बिन्दवासिनी कंसाकार, बीबीसी १०० महिलामा परेकी इन्दिरा राना मगर, वरिष्ठ महिला चिकित्सक प्रा. डा. चन्दा कार्की, पत्रकार शैलेन्द्र झा, लेखक मनिष झा, गणेश कार्की लगायत रहेका छन् भने सूचिमा १४० उम्मेदवार समावेश छन् ।


प्रतिक्रिया

2 thoughts on “रविको पार्टीमा समानुपातिकका लागि निर्वाचन, मतकै आधार नम्बरिङ हुँदै

  1. स्व्च्छ स्वोतन्त्र पार्टी लाई ले जित्नु पर्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर