झलनाथको एमालेलाई कटाक्ष- दुईतिहाई आउँछ रे ! त्यो भनेको दुई तीनजना हो की ? (भिडिओ) – Nepal Press

झलनाथको एमालेलाई कटाक्ष- दुईतिहाई आउँछ रे ! त्यो भनेको दुई तीनजना हो की ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेको सरकारसँग देशका ७० प्रतिशत जनता क्रुद्ध रहेको बताएका छन् ।

आज चलिरहेको चालु प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमालेकै कारण वर्तमान संसद प्रभावकारी हुन नसकेको बताउँदै उनले यस्तो बताएका हुन् ।

‘यो संसदबाट जनताको ठूलो अपेक्षा थियो । त्यसमाथि कम्युनिष्ट पार्टीको सरकार थियो, दुई कम्युनिष्ट पार्टीको एकताबाट बनेको पार्टीको सरकार थियो,’ उनले भने, ‘यसबाट ठूलै अपेक्षा थियो । तर, भएन् । यसबाट देशका ७० प्रतिशत जनता त्यतिबेलाको सरकारसँग क्रुद्ध भएका छन् ।’

यसरी नामै नलिई एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका हुन् । ‘अब के भनेर भोट माग्न जानुहुन्छ उहाँहरू ? फेरि पनि दुईतिहाई ल्याउछौं भनिरहनुभएको छ । के को दुईतिहाई हुन्छ ? कि दुई तीनजना भनिएको हो की ?,’ उनले भने ।

बैठकमा बोल्दै नेता खनालले ओली सरकारका पालामा भएका कामहरू के छन् ? भनेर प्रश्न गरेका थिए । ‘धरहरा बनाएँ, रानी पोखरी बनाएँ भन्नुहोला होइन,’ उनले भने, ‘रानी पोखरी प्रताप मल्लले बनाए होलान् नि त । धरहरा भीमसेन थापाले बनाए होलान् नि त । मर्मत गर्नेको नाम हुन्छ की, प्रस्ताव गर्नेको ?’


प्रतिक्रिया

3 thoughts on “झलनाथको एमालेलाई कटाक्ष- दुईतिहाई आउँछ रे ! त्यो भनेको दुई तीनजना हो की ? (भिडिओ)

  1. तिमीहरू हजार भोट र जनताको १ भोट होइन होला हामी सामान्य भुई मान्छेलाई पनि को कति पानीमा छ थाहा छ सबैको भोट त एउटामात्र त होला नि हेरौला मंसिर ४ गते पछि ।

    1. सर्प पाल्न भनेर राज्यको पैसामा डाँका डाल्नेलाई जनताले चिनिसके । पेशा नै नियुक्ति दिलाउँदै पैसा असुल्नेले लोकतन्त्रका कुरा गर्ने ? राजनीतिको अन्तिम ईच्छा नै काम नगर्ने ठग छोरो ठेकेदारलाई ओलिले कारवाही नगर्नु रे । कारवाही नगरेको भए भैरहवा एयरपोर्ट अहिलेसम्म पनि बन्ने थिएन । त्यसैले ओलिले संसद विघटन गरेर दलाल र अनैतिकको हातमा शासन जान दिएनन् । नभए त माकुने पर्चण्ड सर्पकान्छो अनि अर्को ढेडुजस्ताले मोज गरिहाल्थे नि ।

  2. झलनाथ बैचारिक र प्रष्ट बक्ता हुन । सही विशेषण ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर