अछाम पहिराे : उद्दारमा खटिन एमालेको निर्देशन, राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग – Nepal Press

अछाम पहिराे : उद्दारमा खटिन एमालेको निर्देशन, राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग

कैलाली । अछामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोले ठूलो जनधनको क्षति भएको हो । नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटीले बेपत्ताको खोजीमा तदारुकता देखाउन सरकारलाई माग गरेको छ ।

प्रदेश अध्यक्ष दामोदर भण्डारीद्वारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचार, बेपत्ताहरुको खोजी र उद्धारमा चासो दिन सरकारसँग माग गरिएको हो । विज्ञप्तिमा पार्टी पंक्तिलाई बेपत्ताहरुको खोजी, उद्धार एवम् प्रभावितहरुको लागि राहत उपलब्ध गराउन समेत निर्देशन जारी गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर