डा गोविन्द केसीका माग सम्बोधनका लागि दबाब दिन धनगढीमा प्रदर्शन
नेपाल प्रेस
२०७९ असोज १ गते १७:१७
कैलाली । अनसनरत डाक्टर गोविन्द केसीका स्वास्थ्य क्षेत्रमा सुधारका माग सम्बोधनका लागि दबाब दिन धनगढीमा प्रदर्शन गरिएको छ ।
शनिबार धनगढीको पार्कमोडमा स्वतन्त्र समाजका युवा तथा सदस्यहरुले केसिको पक्षमा प्रदर्शन गरेका हुन् । सरकारले केसीमा मागहरु बेवास्ता गरिएको भन्दै प्रदर्शन गरिएको बोलन्या थलिका संयोजक यादव जोशीले बताए । उनले केसीका मागहरु सम्बोधन नभए सशक्त आन्दोलन गर्ने जनाए ।
प्रतिक्रिया
सम्बन्धित खवर