बीमा समिति अब प्राधिकरण बन्ने – Nepal Press

बीमा समिति अब प्राधिकरण बन्ने

काठमाडौं । अब बीमा समिति प्राधिकरण बन्ने भएको छ । झण्डै पाँच वर्ष अघि तत्कालिन अर्थमन्त्री डा यूवराज खतिवडाले संसदमा पेश गरेको बीमा विधेयक २०७५ संसदको दुबै सदनबाट पास भएको छ ।

राष्ट्रपतिले लाहमोहर लगाएपछि विधेयक ऐनका रुपमा प्रमाणित हुनेछ । राष्ट्रपतिले प्रमाणिकरण गरेको एक महिना भित्रै समिति प्राधिकरण बन्ने बीमा समितिले जनाएको छ ।अध्यक्ष नियुक्तिदेखि सञ्चालक चयन सम्ममा सम्बन्धित क्षेत्रमा अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिने गरी नयाँ बीमा ऐन आएको छ ।

बीमा विधेयकले प्राधिकरणको सञ्चालक समितिमा एक जना महिला सञ्चालक अनिवार्य हुपर्ने व्यवस्था गरेको छ ।प्राधिकरणको सञ्चालक समितिसम्बन्धी व्यवस्थामा अध्यक्ष सरकारले नियुक्त गर्ने तथा सदस्यहरूमा अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहने विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ ।

तर अब अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बिमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहने व्यवस्था गरिएको छ । यसअघि अर्थमन्त्रीको संयोजकत्वमा गठित समितिले अध्यक्ष सिफारिस गर्ने उल्लेख थियो ।

यो एक स्वसाशित र संगठित संस्था हुनेछ । समिति भन्दा प्राधिकरण बढी स्वायत हुनेछ । विधेयकमा प्राधिकरण नेपाल सरकारको बीमा सम्बन्धी सल्लाहकार हुने उल्लेख छ । प्राधिकरणको सञ्चालक समितिमा एक जना अध्यक्ष र चारजना सदस्य रहनेछन् । प्राधिकरणको अधिकृतस्तको कर्मचारीले भने सचिवको रुपमा काम गर्नेछ । प्राधिकरणको एउटा छुट्टै कोष हुनेछ ।

यो कोषमा बीमा इजाजत नविकरण गर्दाको दस्तुर, नेपाल सरकारबाट प्राप्त रकम, नियमन शुल्क लगायतको रकम हुनेछ । गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृति सो विधेयक राष्ट्रियसभाको भदौ २१ गतेको बैठकले स्वीकृत गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *