झडपको सम्भावना देखेर सुरक्षाका लागि प्रधानन्यायाधीश निवासमा टोली खटाइएको प्रहरीको दाबी – Nepal Press

झडपको सम्भावना देखेर सुरक्षाका लागि प्रधानन्यायाधीश निवासमा टोली खटाइएको प्रहरीको दाबी

काठमाडौं । काठमाडौं प्रहरी कार्यालयले सम्भावित झडप र विवादलाई मध्यनजर गरेर प्रधानन्यायाधीश निवासबाहिर प्रहरी परिचालन गरेको दाबी गरेको छ ।

काठमाडौं प्रहरी प्रवक्ता दिनेशराज मैनालीले उत्पन्न हुने सम्भावित परिस्थितिका लागि प्रहरीलाई तैनाथी गरिएको बताए । उनले ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट निस्कन नदिन त्यसरी प्रहरी परिचालन नगरिएको दाबी गरे ।

‘सुरक्षाका लागि प्रहरी त्यहाँ राखिएको हो । झडप वा विवाद भएको अवस्थामा त्यसको दोष प्रहरीलाई जाने भएकाले हामी सतर्क भएका हौँ । कसैलाई निस्कन दिने वा नदिने भन्ने कुरा हाम्रो अधिकारको विषय होइन’, एसपी मैनालीले भने ।

राणा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि आइतबार बिहानैदेखि बालुवाटारस्थित प्रधानन्यायाधीशको सरकारी निवास र सर्वोच्च अदालतको प्रवेशद्वारमा सुरक्षा निगरानी बढाइएको छ । नेपाल बार एशोशिएशनले राणालाई प्रवेश गर्न नदिने निर्णय नै गरेको छ ।

हिजो रातिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथिको महाअभियोग निस्क्रिय बनेको निष्कर्ष साथ राणाले आज ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर