तत्काल सवारी लाइसेन्स चाहिए अनलाइन आवेदन गर्न सकिने – Nepal Press

तत्काल सवारी लाइसेन्स चाहिए अनलाइन आवेदन गर्न सकिने

काठमाडौं । यदि तपाईँलाई तुरुन्तै लाइसेन्स चाहिएको छ भने अब आकस्मिक रूपमा लाइसेन्स बनाउन आवेदन दिन सकिने भएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै असोज ७ गतेदेखि सेवाग्राहीले आकस्मिक सवारी लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन दिनसक्ने जनाएको छ । यसअघि आकस्मिक लाइसेनस प्रिन्ट गर्न सम्बन्धित कार्यालयमै गएर आवेदन दिनुपर्ने व्यवस्था थियो ।

विभागका अनुसार अध्ययन तथा रोजगारीका लागि विदेश जाने नेपाली नागरिक, शान्ति सेना मिसनका लागि विदेश जाने नेपाली सेना एवं नेपाल प्रहरी र गैरआवासीय नेपाली नागरिकहरूले आकस्मिक लाइसेन्स निकाल्न सक्नेछन् । सेवाग्राहीले आवश्यक कागजातहरू अनलाइनमा नै प्रविष्ट गर्नसक्ने बताइएको छ। निवेदकले सवारीचालक अनुमतिपत्र लिन जाँदा निवेदनको प्रिन्टसहित पोर्टलमा अपलोड गरेका कागजातको सक्कल प्रति लिएर विभागमा पेस गर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *