गण्डकीका मन्त्री भन्छन्ः मुख्यमन्त्रीको दौडबाट बाहिर राख्ने हो भने देउवाकै अगाडि टिकट फ्याकेर हिँड्छु (भिडिओ) – Nepal Press

गण्डकीका मन्त्री भन्छन्ः मुख्यमन्त्रीको दौडबाट बाहिर राख्ने हो भने देउवाकै अगाडि टिकट फ्याकेर हिँड्छु (भिडिओ)

काठमाडौं । गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले प्रदेशबाट प्रत्यक्षमा टिकट पाउनुपर्ने दाबी गरेका छन् । साथै, उनले आफूलाई मुख्यमन्त्रीको आकांक्षीका रुपमा समेत प्रस्तुत गरे ।

केही दिनअघि पार्टीकाे एउटा गुटको भेलामा सम्बोधन गर्दै खड्काले यस कार्यकालमा धेरै काम गर्न बाँकी रहेको बताए । ती कामहरु सम्पन्न गर्न फेरि एकपटक प्रदेशसभामा आउन चाहेको उनको भनाइ छ ।

खड्काले भने, ‘मलाई यदि शेरबहादुर देउवाले टिकट दिन्छु । तर, मुख्यमन्त्रीको दौडबाट बाहिर हुनुपर्छ भन्छन् भने म त्यो टिकट पनि त्यही फ्याँकेर हिँड्छु । मलाई सांसद भएर जागीर खानलाई मात्रै यो टिकट चाहिँदैन ।’

कांग्रेसले यसअघि समानुपातिकमा बसेकालाई अब फेरि समानुपातिकमा नदोहोर्‍याउने र राष्ट्रियसभामा पनि नलैजाने निर्णय गरेको उनले उल्लेख गरे । चुनाव खर्च धेरै लाग्ने भएको संघीय चुनाव नलड्ने पनि उनको भनाइ थियो ।

‘मेरा लागि समानुपातिकको ढोका बन्द छ । राष्ट्रियसभा र राजनीतिक नियुक्तिको ढोका पनि बन्द छ । माथिल्लो तहका निर्वाचन मेरा लागि सम्भव छैन किनकि त्यसका लागि व्यापक स्रोत र साधन चाहिन्छ, जुन मसित छैन । त्यसैले मैले कि प्रदेशसभा (ख) मा निर्वाचन लड्ने कि त्यो दिनदेखि राजनीति छोड्नेमध्ये एक विकल्प रोज्नुपर्छ । मसित धेरै अवसर छैन ।’

उनले प्रदेशसभा (ख) का अर्का आकांक्षी बिन्दु थापालाई अरु विकल्प रोजेर यस प्रदेशमा आफूलाई समर्थन गर्न आग्रह गरे ।

खड्काले थपे, ‘बिन्दुजी पहिले प्रत्यक्ष लड्नुभएका कारणले अब समानुपातिकबाट जान पनि पाउनुहुन्छ । राष्ट्रियसभा वा संघीय सांसदमा लड्ने विकल्प पनि छन् । साथै, राजनीतिक नियुक्ति पनि पाउन सक्नुहुन्छ । त्यसैले उहाँले अर्को विकल्प रोज्दा हामी दुवैको राजनीति बच्थ्यो । तपाईं प्रदेश आउँदा तपाईंको राजनीति त बच्ला, मेरो सकिन्छ । दुवैले बाँच्ने राजनीति गरौं । म पनि चाहिएको हो भने तपाईं अरु विकल्प छान्नुस् भनेर अनुरोध गरिरहेको छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर