थारु महिलाले राजधानीमा मनाए जितिया पर्व (फोटो फिचर) – Nepal Press

थारु महिलाले राजधानीमा मनाए जितिया पर्व (फोटो फिचर)

काठमाडौं । थारु समुदायका महिलाहरुले राजधानीमा जितिया पर्व मनाएका छन् । आज परेको पर्वमा उनीहरुले आफ्नो सांस्कृतिक परिहनसहित विभिन्न परिकार खाने र खुवाउने गरी मनाएका हुन् । थारु महिला समाज, नेपाल र थारु महिला समाज उपत्यका समितिले आइतबार काठमाडौंको पर्यटन बोर्डमा थारु राष्ट्रिय जितिया पर्व आयोजना गरेको थियो ।

जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुख, शान्तिका लागि लोकदेवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ मनाइने पर्व हो ।

यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारू तथा मधेसी महिला कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्माशुद्धी गर्दै विभिन्न परिकार खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

तस्बिरहरुः


प्रतिक्रिया

One thought on “थारु महिलाले राजधानीमा मनाए जितिया पर्व (फोटो फिचर)

  1. यहाँ मधेसी छैनन् है। नेपाल पर्यटन बोर्डमा थारु महिला मात्रै छ । मधेसीहरुको त आज सकियो जितिया। थारुको मुख्‍य दिन हो। सम्पादक महोदय ।समाचारको हेडलाइनबाट मधेसी हटाउनुस् । आज थारुले मात्रै मनाएका हुन् जितिया।

Leave a Reply

Your email address will not be published. Required fields are marked *