एमालेद्वारा समानुपातिक उम्मेदवारको नामावली पारित, आधाभन्दा बढी महिला (कुन क्लस्टरमा कति ?)
काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको नामावली प्रस्ताव पारित गरेको छ । आज बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको एमाले प्रचार विभागका उपप्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सम्बैधानिक प्रावधानबमाेजिम सबै क्लस्टर समेटेर प्रतिनिधिसभाका लागि ११० जना र प्रदेशसभाका लागि २२० जनाकाे नाम छनाेट भएकाे हाे । प्रतिनिधसभाका लागि छानिएका ११० जनामध्ये ५७ जना महिला समेटिएकाे गुरुङले जानकारी दिए । यस्तै प्रदेशसभाका लागि २२० जनाकाे नाम पारित गरिएकाे छ। एमालेले भाेलि निर्वाचन आयाेगलाई सूची बुझाउने छ ।आज पारित सूचीमा थोरै तलमाथि हुन सक्ने गुरुङले बताए । तर, ठूलो हेरफेर नहुने उनको भनाइ छ ।