आवश्यक परेको बेला महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन मेयर बालेनको आग्रह – Nepal Press

आवश्यक परेको बेला महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले आवश्यक परेको बेला महानगरले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा लिन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा एम्बुलेन्सका तस्बिरहरु राख्दै यस्तो बताए । उनले आवश्यक परेको बेला १०२ मा कल गरेर सेवा लिन सकिने जानकारी गराएका छन् ।

‘काठमाडौं  महानगर र नेपाल एम्बुलेन्स सर्भिस संयुक्त कार्यक्रम अनुसार काठमाण्डौँ उपत्यकामा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइरहेको छ’, उनले लेखेका छन्, ‘तपाईले १०२ मा कल गरेर आवश्यक परेको समयमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नु हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *