राणाको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पिएसओ फिर्ता, गाडी पनि खोसियो
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई सरकारले फिर्ता बोलाएको छ । व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) र स्कर्टिङमा खटिने सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालय, सुरक्षा निर्देशनालय स्रोतले जनाएको छ । पीएसओ र स्कर्टिङमा गरी राणाको सुरक्षाका खटिएका ८ जना सुरक्षाकर्मी सबैलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो ।
गत फागुन १ गते संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा रहेका राणाले प्रतिनिधि सभाको कार्याकाल सकिएपछि आइतबार सर्वोच्च जाने प्रयास गरेका थिए । तर, उनलाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै कानुन व्यवसायीले आइतबार सर्वोच्चको मूल प्रवेशद्वारमै प्रदर्शन गरेका थिए । सर्वोच्चमा असहज परिस्थिति सृजना हुने भन्दै सुरक्षाकर्मीले आइतबार राणालाई सरकारी निवास बालुवाटाबाटै बाहिर निस्किन दिएनन् ।
राणाको परिवारले भने सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई नजरबन्दमा राखेको बताएको छ ।
बाँदर धेरै बाठो हुंदा यस्तै हुन्छ जनमतजो सरकारलाइ ढालेको बक्सिस राम्रै मिलेको हो जबरा साप लाइ
लुटेराहरूले जानेकै यहि त हो । ठालू दलाल वकिल जो ज्यानमारालाई बचाउनुपर्छ भनेर खुलेआम लाग्छन, कर छल्छन, न्यायाधिशलाई घुस खुवाउछन् र फैसला गराउँछन, न्यायाधिश जो आफ्नै सहकर्मीलाई गु्ण्डा सरकार र ठग वकिलले गैरकानूनी काम गर्दा टुलुटुलु हेरेर बस्छन यी सबैको दर्दनाक अवस्था अवश्यंभावी छ ।