म्याड्रिड डर्बीमा एट्लेटिकोमाथि रियलको जित, शतप्रतिशत विजय यात्रा कायमै – Nepal Press

म्याड्रिड डर्बीमा एट्लेटिकोमाथि रियलको जित, शतप्रतिशत विजय यात्रा कायमै

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई २-१ गोलले हराएको छ । एट्लेटिकोको मैदानमा भएको खेलमा रियलका रोड्रिगो र फेडेरिको भाल्भर्डले गोल गरे । रोड्रिगोले १८ र भाल्भर्डले ३६ औं मिनेटमा गोल गरेका थिए ।

८३औं मिनेटमा एट्लेटिकोले गोल गरेपनि खेलमा फर्कन सकेन । रियल म्याड्रिडले यो सिजन घरेलु लिगका सबै खेल जितेको छ । ६ खेलबाट १८ अंक भएको रियल तालिकाको शीर्षस्थानमा छ । बार्सिलोना ६ खेलबाट १७ अंकसहित दोस्रो स्थानमा छ । ६ खेलबाट १० अंक भएको एट्लेटिको सातौँमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *