टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू/भिडिओ) – Nepal Press

टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू/भिडिओ)

काठमाडौं । संविधान दिवसको अवसरमा टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । दिवस मूल समारोहको संयोजनमा उक्त कार्यक्रम गरिएको हो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए ।

समारोहमा शान्तिको प्रतीक परेवा उडाउनुका साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । त्यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक-सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरिएको छ ।

त्यस्तै विभिन्न सैनिक कौशल पनि देखाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर