निर्वाचन आयोगका चार आयुक्तलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक – Nepal Press

निर्वाचन आयोगका चार आयुक्तलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक

काठमाडौं । निर्वाचन आयोगका चारैजना आयुक्तलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरिने भएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट दिइने मानपदवीअन्तर्गत प्रसिद्ध प्रवल जनसेवाश्रीबाट निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकीकुमारी तुलाधर र सगुनशमसेर जबरालाई विभूषित गरिने भएको हो ।

प्रसिद्ध प्रबल जनसेवाश्री प्रदेश प्रमुख, संघीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजनाआयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका मुख्य सचिव, प्रदेश सरकारका मन्त्री वा सो सहरका मर्यादाक्रममा पर्ने र अन्यमध्ये बढीमा १० जनालाई प्रदान गरिन्छ ।

यद्यपि यस पटक भने १४ जनालाई प्रसिद्ध प्रबल जनसेवाश्री पुरस्कार दिइने घोषणा गरिएको छ । जसको पहिलो नम्बरमा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तान छन् भने त्यसपछि ४ जना निर्वाचन आयुक्त रहेका छन् ।

प्रसिद्ध प्रबल जनसेवाश्री पाउनेमा सहिद स्व. भागवत यादव, सवतन्त्रा सेनानी स्व. मेघराज उपाध्याय, स्व.डाकुरप्रसाद ढुंगाना, स्व.हरिभक्त वली, उद्योगी व्यवसायी स्व. प्रभाकर शमसेरजबरा, स्वतन्त्र सेनानी स्व. काशीप्रसाद श्रीवास्त, स्व. सरदार भीमबहादुर पाण्डे, मानव अधिकारवादी सूर्यप्रसाद सुवेदी र स्वास्थ्यसेवी (सिद्धार्थ बाल तथा महिला अस्पताल) सिगेरु सुगानामी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर