समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगे दलका नेताहरू
नेपाल प्रेस
२०७९ असोज ३ गते १६:१८
काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरू निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । निर्वाचन आयोगले बन्दसूची बुझाउन दलहरूलाई ३ असोजसम्म अन्तिम मिति तोकेको थियो ।
आयोग स्रोतका अनुसार नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाइसकेका छन् । बाँकी अन्य दलले पनि सूची बुझाउन आइरहेको आयोगको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर