कला-संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको विकास हुन्न: पर्यटनमन्त्री श्रेष्ठ – Nepal Press

कला-संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको विकास हुन्न: पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले कला-संस्कृतिको संरक्षण नगरेसम्म मुलुकको विकास नहुने बताएका छन् ।

ज्यापु समाज यलले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको धर्म-संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका हुन् ।

उनले देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको संरक्षण गर्नु आवश्यक रहेको स्पष्ट पारे । मन्त्री श्रेष्ठले नेपालका संस्कृति र सम्पदाबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिने बताए ।

उनले पर्यटन क्षेत्रको विकासका लागि सरकारले अघि सारेको अवधारणापत्रलाई कार्यान्वयन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर