साफ च्याम्पियनसीप फाइनलः मैदानमा पस्ने दुईजनालाई प्रहरीले लियाे नियन्त्रण
नेपाल प्रेस
२०७९ असोज ३ गते १९:२२
काठमाडौं । महिला साफ च्याम्पियनसिपको फाइनल खेलपछि दुई दर्शक खेल मैदानमा प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिएका छन् । खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको थियो ।
खेल सकिएलगत्तै आक्रोशित दुई युवक दर्शक दीर्घाबाट हाम्फाल्दै मैदानमा पुगेका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि दर्शकले हुटिङ गर्दै बोतल फ्याकेका थिए ।
प्रहरीले एक व्यक्तिलाई पिटेको भन्दै दर्शकले केहीबेर नाराबाजीसमेत गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर