गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रमणकारी – Nepal Press

गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रमणकारी

काठमाडौं । काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् ।

उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “गोठाटारमा गोली लागि घाइते हुनेको पहिचान खुल्यो, मोटरसाइकलमा आएका थिए आक्रमणकारी

  1. आक्रमणकारी भारतीय सत्त संरक्षित अपराधिक समूह हुनुपर्छ । केही समय भएको थियो यसरी भारतीयले आक्रमण गर्न सकेका थिएनन ।अहिले त सरकार नै भारतको निर्देशनमा चल्ने पर्यो । प्रहरीमा पैसा खाएर व्यापक सरूवा बढुवा गरिदैंछ । जसले बढी दिन्छ उसलाई भनेको ठाउँमा सरूवा । सरूवा भएर जानेले पनि शान्ति सुरक्षा भन्दा पनि बुझाएको उठाईकन अरू कमाउनु पर्छ । अनि कहाँबाट शान्ति सुरक्षामा ध्यान दिन पाउनु ? अब गुण्डाहरूको बिगबिगी बढने देखिन्छ किनकी सरकार नै तिनलाई बढावा दिने पर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *