आक्रमणकारीले लखेट्दै गाेली हाने, छाेरीले एक तल्ला माथिबाट हाम्फालेर खेदाइन् (भिडिओ) – Nepal Press

आक्रमणकारीले लखेट्दै गाेली हाने, छाेरीले एक तल्ला माथिबाट हाम्फालेर खेदाइन् (भिडिओ)

काठमाडौं । काठमाडौंको गल्फुटारमा सोमबार साँझ मोटरसाइकलमा आएको हतियारधारी समूहले लाल मोहम्मदलाई गाडीबाट ओर्लिएलगत्तै गोली हानेको छ । गोली प्रहारबाट उनको मृत्यु भइसकेको प्रहरीले पुष्टि गरिसकेको छ ।

सिसिटिभी फुटेजमा गाडीबाट ओर्लिएलगत्तै एक व्यक्तिले मोहम्मदलाई गोली हान्दै लखेटेको देखिन्छ । कारको वरिपरि एक फन्को लगाएपछि आक्रमणकारी त्यहाँबाट भागेका थिए । मोहम्मदलाई गोली प्रहार भइरहँदा एक महिला नजिकैको घरको एक तलामाथिबाट हाम फालेर आक्रमणकारीलाई लखेटेको देखिन्छ ।

प्रहरीले ती महिला मोहम्मदकी छोरी भएको जनाएको छ । मोहम्मद गार्मेन्ट सन्चालक हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले मोहम्मदको शरिरमा २–३ राउन्ड गोली प्रहार भएको बताए । घाइतेको उपचारका क्रममा मृत्यु भएको उनले बताए  ।

घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ। काठमाडौं प्रहरी प्रवक्ता मैनालीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।


प्रतिक्रिया

2 thoughts on “आक्रमणकारीले लखेट्दै गाेली हाने, छाेरीले एक तल्ला माथिबाट हाम्फालेर खेदाइन् (भिडिओ)

  1. काँग्रेसको राजमा गुण्डाहरूको बिगबिगी बढने देखिन्छ ।

  2. सरकार गुण्डाराज अराजकता निरँकुसता र अधिनायकवादको बर्बर्तापुर्ण यात्रामा छ यहाँ परमादेशुहरु न्याय मारिरहेका छन्। जनयुद्ध लडेका आज लालक्रान्तिकारिको नामबाट मात्र होिन् राज्यबाट पनि स्वेत आतङ्क नच्चाउदैछन्.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर