सर्वोच्च परिसरमा आज पनि कडा सुरक्षा (तस्बिरहरु)
२०७९ असोज ४ गते ११:०८
काठमाडौं । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई रोक्न आज पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ । राणालाई अदातल फर्किन नदिन सर्वोच्च परिसरमा बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रतिनिधिसभाको आयु सकिएर संसद अधिवेशन अन्त्य भएसँँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएपछि प्रधान न्यायाधीश राणा शुक्रबार अदालत फर्किन लागेका थिए ।
तर उनी अदालत जाने तयारी गरेलगतै सरकारले सर्वोच्चको गेटमै प्रहरी लगाएर रोक्ने प्रयास गरेको हाे । उनको निवास बालुवाटारमा समेत बाक्लो सुरक्षाकर्मी खटाइएको थियो ।
प्रतिक्रिया