अनुमतिबिना डिजिटल बोर्ड र विज्ञापन नराख्न काठमाडौं महानगरको निर्देशन
नेपाल प्रेस
२०७९ असोज ५ गते ८:२७
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड राख्न रोक लगाएको छ ।
महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिबिना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको हो ।
‘असोज ५ गतेबाट अनुमति बिना बाह्य विज्ञापन सञ्चालन नगर्न/ नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ । नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि दिइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर