बालुवाटारमा कांग्रेस नेताहरुलाई माधव नेपालको प्रश्न- यो गठबन्धन तपाईंहरुको बिर्ता हो ? (भिडिओ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको सीट बाँडफाँट प्रक्रियामा नेपाली कांग्रेसको दम्भ बढेको भन्दै आफ्नो बिर्ता नसम्झिन चेतावनी दिएका छन् ।
नेकपा एस निकट युवा संघको बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष नेपालले कसले कति सीट लिने भन्ने कुरामा छलफल चलिरहँदा कांग्रेसमा देश नै आफ्नो पेवा ठान्ने जस्तो प्रवृत्ति देखिएको बताए ।
नेपालले भने, ‘पाँच दलमा कसले कति सीट लिने छलफल चलिरहेको छ । कांग्रेसले त देशै उनीहरुको पेवा जस्तो ठानेका छन् । उनीहरुको बिर्ता जस्तो सम्झिने । आज त बैठकमा मैले सुनाइदिएँ- यो तपाईंहरुको बिर्ता हो ?’
अध्यक्ष नेपालले शक्ति बढ्दा कुरा ठूला आउने र कमजोर हुँदा आवाज मधुरो हुने गरेको भन्दै नेकपा एसको शक्ति बढाउन लाग्नुपर्ने बताए । उनले राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोपसमेत लगाए ।
अध्यक्ष नेपालले अहिले गठबन्धनमा कांग्रेस एक सयबाट घटेर ८०/८५ मा झरेको र माओवादी ६० बाट ५० मा पुगेको बताए । उनले नेकपा एसले पनि ४० बाट ३० सीटमा अडान लिइरहेको जानकारी दिए ।
जे भने पनि काँग्रेसको लगौंटी नधोइ टिकिने स्थिति छैन ।
लायौ लछारपाटो ! कुनै दिन पार्टीअधक्ष्य ओलीलाई साधरणसदस्यता बाट निष्कासन गरेको यस्तै खवर पढेको बिर्सिएको छैन ।
Ram ko saran ma parera aja bhanda kheri langoti sametera baitarni tarne makune ko dau.