प्रचण्डले भने- राष्ट्रपतिविरुद्ध सडक आन्दोलन शुरु भयो, अदालत जानेबारे सल्लाह गर्दैछौं (भिडिओ)
काठमाडौं । राष्ट्रपतिविरुद्ध कानूनी उपचारका लागि सर्वोच्च अदालत जान सत्ता गठबन्धनले कानून व्यवसायीहरूसँग छलफल थालेको छ ।
आजै प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनआबद्ध वरिष्ठ अधिवक्ता र संविधानविद्हरुलाई छलफलका लागि बोलाइएको छ ।
माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताए ।
आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अदालतमा कानूनी लडाइ लड्नेबारे अधिवक्ताहरूसँग छलफल भइरहेको बताए ।
उनले राष्ट्रपतिको कदम लोकतन्त्र,संविधान र गणतन्त्रविरुद्ध रहेको आरोप समेत लगाए ।
उनले सडकमा युवा विद्यार्थी आन्दोलित भइरहेको बताए ।
संविधानको अन्तिम व्याख्या गर्ने अधिकार अदालतमा रहेकाले आफूहरू अदालतमा जाने प्रचण्डले बताए ।
भारतको आदश पालना गर्नै पर्यो । नत्र प्रधानमन्त्री नबनाईदेला । जनतामा विश्वास छैन । कि विदेशी कि बन्दुक ।