सम्पत्ति कर बुझाउन ४१ वटा कम्पनीलाई महानगरपालिकाको १० दिने अल्टिमेटम (सूचीसहित) – Nepal Press

सम्पत्ति कर बुझाउन ४१ वटा कम्पनीलाई महानगरपालिकाको १० दिने अल्टिमेटम (सूचीसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन जय नेपाल हललगायत विभिन्न व्यापारिक संस्थान र व्यक्तिहरुका नाममा १० दिने पत्र काटेको छ ।

महानगरपालिकाका विभागीय पमुख डा. शिवराज अधिकारीले पत्राचार गर्दै ति कम्पनीलाई १० दिन भित्र सम्बन्धित वडा कार्यालयमा गएर घरजग्गा सम्पत्ति कर बुझाउन पत्राचार गरेका हुन् ।

पत्राचार गरिए अनुसार महानगरपालिकाले करको जरिवाना, सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउन चितावनी दिएको हो ।

जसमा जय नेपाल हलसँगै ल्याण्डमार्क होटल, वल्र्ड ट्रेड सेन्टर, सिभिल मल, सिटिसि मल लागयत रहेका छन् । महानगरपालिकाले ४१ वटा कम्पनी भित्र १३ जना व्यक्तिलाई नै तोकेर पत्राचार गरेको छ ।

महानगरपालिकाले तोकिएको समयसिमा भित्र कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर रकम सरकारी बाँकी सरह असूल उपर गर्ने पनि चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर