शंकर पोखरेलको दाबी- गठबन्धनले नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसक्थे (भिडिओ) – Nepal Press

शंकर पोखरेलको दाबी- गठबन्धनले नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसक्थे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनले अवरोध गरेको बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अध्यादेशमार्फत जन्मसिद्धका सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप लगाए ।

पोखरेलले भने, ‘जन्मसिद्ध नागरिकका सन्तानको हक सुनिश्चित गर्न हामीले अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन् । यदि त्यो अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानले नागरिकता पाइसकेका हुन्थे ।’

राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट चुनौती दिन खोजेको आरोपसमेत महासचिव पोखरेलले गठबन्धनमाथि लगाए । गणतन्त्र र संविधानमाथिको प्रहार गठबन्धनले गरेको पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर