एनसेलले ल्यायो चाडपर्वलक्षित ‘इण्डिया भ्वाइस प्याक’ – Nepal Press

एनसेलले ल्यायो चाडपर्वलक्षित ‘इण्डिया भ्वाइस प्याक’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्व लक्षित गरेर तीनवटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यस अफरबाट एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्ने भएका छन् ।

यी प्याकहरू शुक्रबारबाट लागू हुने बताइएको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन् । भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारू गर्न सक्नेछन् ।

१ दिनको भ्वाइस प्याकअन्तर्गत ग्राहकले करसहित ५५ रूपैयाँमा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन् । त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले २४९ रूपैयाँमा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन् ।

आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक करसहित ७४९ रूपैयाँमा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन् ।

ग्राहकले *१७११८ एस्ट्रिक्स ७ह्यास डायल गरि निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरुप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । भारतमा रहेका परिवार, साथीभाइ र आफन्तजसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकहरुका लागि चाडपर्वको अवसरमा यी प्याकहरू ल्याउन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर