महानगरले खाली गराएको अन्डरग्राउण्डमा पार्किङ सुरू (तस्बिरहरू)
२०७९ असोज ७ गते १३:०७
काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।
बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रूपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।
अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो ।
मेयर बालेन्द्र साह ‘बालेन’ ट्राफिक अधिकारी लिएर अण्डरग्राउण्ड पार्किङ खाली गराउन जुटेका थए ।
प्रतिक्रिया
सम्बन्धित खवर