शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु, अस्पताल भर्ना – Nepal Press

शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु, अस्पताल भर्ना

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना भएका छन् ।केहीदिनदेखि अस्वस्थ भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार ललितपुरस्थित किष्ट अस्पताल भर्ना भएका हुन् । उनी किष्ट अस्पतालका चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको थिए ।

अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उनको निवासमा पुग्दा बिहीबार भन्दा आज अझै कम्जोर देखिएको र खानपीन पनि छोडेकाले सोही चिकित्सकीय टोलीद्वारा उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, यूरोलोजी, कार्डीयोलोजी, नेफ्रोलोजी) का चिकित्सकहरुले संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो ।

उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेगीं संक्रमण पनि भएकाे अस्पतालले जनाएको छ ।
जोशीलाई हाल अस्पतालको डिलक्स क्याविनमा राखीएता पनि सुक्ष्म निगरानीमा राखिएको अस्पताल निर्देशक प्रा.डा.सुरज बज्रचार्यले बताए ।

उनको अवस्था चिन्ताजनक देखिएता पनि डराईहाल्नु पर्ने स्थिति नरहेको पल्मोनोलोजीष्ट तथा इन्टरनल मेडिसिनका विभागीय प्रमुख प्रा.डा.मिलेस जंगसिजापतीले जानकारी दिए । किष्ट अस्पतालले जोशी रधर्म पत्नी राधा देवी जोशीको सम्पूर्ण स्वास्थ्यको जिम्मेवारी लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *