४० प्रतिशत हिस्सा नपाए शेखर कोइराला र गगन थापाहरूले टिकट च्यातेर आउनुपर्छ : शाही (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याएर प्रत्यक्षतर्फ कम्तिमा ४० प्रतिशत टिकट नपाए शेखर कोइराला र गगन थापा लगायतका नेताहरूले टिकट फ्याँकेर कार्यकर्तासँग आउनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै कर्णाली प्रदेश समितिको सभापतिमा पराजित भएका नेता शाहीले शेखर समूहलाई मत दिएका कारण टिकटबाट वञ्चित भएका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने चेतावनी दिए ।
शाहीले भने– शेखर कोइराला,गगन थापा,धनराज गुरुङ,बद्री पाण्डेहरूले मात्र टिकट पाएर हुन्छ रु तपाईँहरूका कारण हाम्रो भविष्य समाप्त हुँदैछ । यदि समानुपातिक सूची खारेज गरेर बराबरी सीट नदिए र ४० प्रतिशत भन्दा एक सीट पनि कम दिए शेखर, गगन र धनराजहरुले चुनाव लड्दिन भन्नुपर्छ, टिकट फालेर आउनुपर्छ । देउवाहरु एक्लै चुनाव लडुन् ।
देउवाले पार्टीभित्र कार्य समितिमा बहुमत छ भनेर अर्को पक्षलाई पेल्न खोजेको भन्दै १६७ जनाको बहुमत देखाएर ४० लाख मत ल्याउन नसकिने शाहीले बताए । उनले १६ गते अगाडि नै समानुपातिकको सूची खारेज गरेर ४० प्रतिशत हिस्सा नदिए विद्रोह हुने र त्यसको जानकारी देउवालाई दिई सकिएको बताए ।
देउवाले प्रधानमन्त्री खानको लागि आफ्नालाई मारेर भए पनि माओवादी, समाजवादीलाई टिकट दिन्छन । श्रीमतीको सिट सुरक्षित गरिहाले । तिमीहरूलाई देउवाले उनका झोले सम्झे । विद्रोह बाहेक विकल्प देखिएन ।
बिद्रोहको बिकल्प छैन।यसै पनि फेरि देउवा लाई पि एम दिन जनताले भोट दिदैनन।
थप कङ्रेस र मुलुक्को दुर्गती हुन नदिने हो भने बिद्रोह गरेर स्वतन्त्र र राप्रपा सग मिल्दा उचित हुन्छ।
जय नेपाल