प्रदेश १ को मुख्यन्यायाधिवक्तामा परिवर्तन राई नियुक्त – Nepal Press

प्रदेश १ को मुख्यन्यायाधिवक्तामा परिवर्तन राई नियुक्त

विराटनगर । प्रदेश नम्बर १ सरकारले मुख्य न्यायाधिवक्तामा परिवर्तन राईलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतम्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मिएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारामा बस्दै आएका छन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता भोजराज श्रेष्ठले राजीनामा दिएपछि अधिवक्ता राई मुख्यन्यायाधिवक्तामा नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर