कांग्रेस लुम्बिनीको घोषणापत्र तयारीमा यस्तो बन्यो टीम – Nepal Press

कांग्रेस लुम्बिनीको घोषणापत्र तयारीमा यस्तो बन्यो टीम

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति गठन गरेको छ ।

प्रदेश सभापति अमर सिंह पुनले प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको संयोजकत्वमा २१ सदस्य प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ लुम्बिनी प्रदेश घोषणा पत्र तयारी समिति निर्माण गरिएको हो ।

सहमहामन्त्री निमा गिरीसहित प्रदेश कार्यसमिति सदस्य तथा अन्य सदस्यहरू सहितको घोषणा पत्र तयारी समिति गठन गरिएको हो ।

डा. सन्दीप सुवेदी सदस्यसचिव रहेको समितिमा प्रदेश सदस्यहरू यस्तै सदस्यहरूमा डा. तारा बन्जाडे, डा.नहकुल केसी, डा.मुक्तिराम श्रेष्ठ, डा. दामोदर भुसाल, दीपक सुवेदी, लेखनाथ पोखरेलै, गोकर्ण बन्जाडे, अपिल केसी, ई.संहाबुद्धन खाँ, ई.अमृत ज्ञवाली, मो.अर्सफ हलुवाई मुसलमान,अमन भुसाल, सन्तोष चौधरी, कुसुम थापा मगर, ई. रञ्जन काफ्ले र शर्मिला आचार्य रहेको काँग्रेस लुम्बिनी प्रदेश सचिव तेज कुमारी(तेजु) ले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर