एसएसबीका प्रमुख काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि – Nepal Press

एसएसबीका प्रमुख काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि

काठमाडौं । सीमा सुरक्षा समन्वय समितिको बैठकमा सहभागी हुन भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रमुख सुजोय लाल थाउसेन सोमबार काठमाडौं आइपुगेका छन्। सीमा सुरक्षा समन्वय समितिको बैठक मंगलबारदेखि सुरु हुँदै छ। बैठकमा नेपाली टोली नेतृत्व सशस्त्र प्रहरी बल (एपीएफ) प्रमुख राजु अर्यालले गर्नेछन्। एपीएफलाई सीमा सुरक्षाको जिम्मेवारी रहेको छ।

दुई दिनसम्म चल्ने बैठकमा सीमा विवाद, सिमामा हुने अपराध र आवतजावतमा हुने समस्यालाई लिएर छलफल हुने बताइएको छ। भारतसँग नेपालको एक हजार ८ सय ८० किलोमिटर सीमा जोडिएको छ। भारतले नेपाललाई तिन दिशाबाट घेरेकामा सीमा सम्बन्धमा पटकपटक विवादहरु उठ्दै आएका छन्।

बैठकमा परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधी पनि रहनेछन्। हरेक वर्ष सीमा सुरक्षा समन्वय समितीको बैठक बस्दै आएको छ। गत वर्ष यो बैठक भारतले आयोजना गरेको थियो ।


प्रतिक्रिया

One thought on “एसएसबीका प्रमुख काठमाडौंमा, एपीएफ आईजीपीसहितको बैठक आजदेखि

  1. नेपाली ए पी एफ र भारतीय एस एस बी बीच भैरहेको सीमा सुरक्षा बारेको मिटिंगमा नेपालले आफूले भोगिराखेका ज्यादतिहरुको प्रश्न उठाउने र अब आइन्दा उनीहरु र उनीहरुका मान्छेबाट यस्तो नगर्ने प्रतिबद्धता लिन सक्नु पर्दछ I जनता आसा गर्छन अब यस्तो हुँदैन I

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर