बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य बस्तु बेच्नेलाई हतकडी लगाउने चेतावनी (तस्बिरहरु)
काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल दशैं लक्षित बजार अनुगमनमा निस्केकी छन् ।
आज बिहान उपेमयर डंगोलसहितको महानगरको बजार व्यवस्थापन विभागका कर्मचारीहरुले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसलहरुको अनुगमन गरेको हो ।
उममेयर डंगोलको टोली महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल, रजिटस्टेटन गरे नगरेको सामानको उत्पादन मितिको जाँच गरेको छ ।
उममेयर सुनिता डंगोलले बजार अनुगमन दशैं लक्षित मात्र नभई अब नियमित हुने बताइन् । बजार अनुगमनमा अखाद्य बस्तु बिक्री गरेको पाइएमा हतकडी समेत लगाइने उनले बताइन् । उनले भनिन्,‘अखाद्यबस्तु बेच्नलाई हतकडी समेत लगाउने छौं । चाहे त्यो सरकारी संस्था किन न होस् । ’
बजार अनुगमनकाे जिम्मा उपमेयरलाई दिएकाे छ ।
तस्बिरहरु: उमेश कार्की