विद्रोही समूहका गतिविधिमा कांग्रेसको निगरानी, अनुशासनको दायरामा ल्याइने प्रवक्ताको चेतावनी (भिडिओ) – Nepal Press

विद्रोही समूहका गतिविधिमा कांग्रेसको निगरानी, अनुशासनको दायरामा ल्याइने प्रवक्ताको चेतावनी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा।शेखर कोइराला समूहका नेताहरूले गरिरहेको भेला तथा संघर्षका कार्यक्रमहरूलाई अनुशासनको दायरमा ल्याइने चेतावनी दिएका छन् ।

मंगलवार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा।महतले अनुशासनबाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली रहेको र कारबाहीको दायरमा पर्ने बताए ।

महतले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको दावी गरे । उनले पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने के गर्ने भन्ने पार्टीको विधि अनुसार हुने बताए ।

शेखर समूहले बुधवार केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिने कार्यक्रम तय गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर