फेरि मेस्सीको दुई गोल, अर्जेन्टिनाको अपराजित यात्रा ३५ खेलमा – Nepal Press

फेरि मेस्सीको दुई गोल, अर्जेन्टिनाको अपराजित यात्रा ३५ खेलमा

जमैका । मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा बुधबार बिहान अर्जेन्टिनाले जमैकालाई ३–० गोलले हराएको छ। यो जितसँगै अर्जेन्टिनाले अपराजित यात्रालाई ३५ खेलमा पु¥याएको छ। अब उसलाई लगातार सर्वाधिक खेल नहार्ने इटालीको विश्व कीर्तिमान बराबरी गर्न दुई खेलमा नहार्नुपर्ने छ।

जमैकाविरुद्ध लियोनल मेस्सीले दुई र जुलियान अल्भारेजले एक गोल गरे। मेस्सी दोस्रो हाफमा लौतारो मार्टिनेजको स्थानमा मैदान प्रवेश गरेका थिए। अल्भारेजले १३ औं मिनेटमा अग्रता दिलाएको खेलमा मेस्सीले ८७ र ८९ औं मिनेटमा गोल गरेका थिए। यसै साता होन्डुरसविरुद्ध भएको खेलमा पनि मेस्सीले दुई गोल गरेका थिए।

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा मेस्सी तेस्रो स्थानमा उक्लिएको छन्। मेस्सीको गोल संख्या ९० पुगेको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले एक सय १७ र इरानका अली दाईले एक सय ९ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *