कमेडी च्याम्पियन हिमेश स्वतन्त्र पार्टीबाट चुनाव लड्ने
नेपाल प्रेस
२०७९ असोज १२ गते १३:५२
काठमाडौं । कमेडी च्याम्पियन विजेता हिमेश पन्त धादिङ १ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएका छन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका हुन् ।
स्वतन्त्र पार्टीको धादिङ जिल्ला समितिले सो क्षेत्रबाट पन्तको नाम सिफारिस गरेको हो ।
उनी टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर