लोसपा छाडेर पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश – Nepal Press

लोसपा छाडेर पूर्वमन्त्री चन्दा चौधरी कांग्रेसमा प्रवेश

अमरेशको क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने संभावना

जनकपुरधाम । पूर्वमन्त्री चन्दा चौधरी लोसपा छाडेर नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।

चौधरीलाई आज बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री र पत्नी आरजु राणा देउवाले स्वागत गरे ।

उनी सर्लाही – ४ बाट चुनाव लड्ने सम्भावना रहेको कांग्रेस स्रोतले बताएको छ । सर्लाही-४ अमरेशकुमार सिंहको क्षेत्र हो । यसअघि त्यहाँबाट अमरेशलाई कारबाही गर्दै महामन्त्री गगन थापाको एकल नाम सिफारिस गरिएको थियो ।

महोत्तरी माइती भएकी चौधरीलाई ०७४ मा महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले समानुपातिक सांसद बनाएको थियो ।

चौधरी केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी थिइन् । तर, १८ दिनमै उनको पद गएको थियो । महोत्तरीबाट राजनीतिमा सक्रिय उनलाई सर्लाही क्षेत्र नम्वर ४ बाट टिकट दिने आश्वासनसहित सभापति देउवाले कांग्रेसमा भित्र्याएको स्रोतको भनाइ छ ।

नेतृ चौधरी कांग्रेस ब्याकग्राण्डकी हुन् । उनका दाइ नरेश चौधरी कांग्रेस नेता थिए । २०५४ सालमा बेपत्ता उनको अवस्था अहिलेसम्म अज्ञात छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर